गोरखा १३, चैत । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेलमा जनता समाजबादी पार्टीसंग निकट मानिएका नेताहरु माओबादी केन्द्र निकट समन्वय समितिमिा जोडिएपछि मसेलमा जसपा कमजोर बनेको छ । शनिबार काठमाण्डौको बाईसधारामा आयोजित भेलाका बिच जसपा निकट मानिएका नेताहरु माओबादी केन्द्रको सम्पर्क समन्व्य समितिको नेतृत्व समाल्न पुगेपछि मसेलमा जसपा झनै कमजोर बनेको हो ।
भेलाबाट नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिका, मसेल काठमाण्डौ सम्पर्क समन्वय समितिको अध्यक्षमा सुजन श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । भेलाबाट श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको माओबादी केन्द्र भीमसेन थापा गाउँपार्टी समितिका अध्यक्ष बिनोद पाण्डे (सुजन) ले जानकारी दिनुभयो ।
सम्र्पक मन्चको बरिष्ठ उपाध्यक्षमा कृष्ण किशोर भट्ट, उपाध्यक्षमा कबिराज श्रेष्ठ, सुन्दर कुमार श्रेष्ठ, प्रतिमा बि.क, सचिबमा शरण अधिकारी, सह सचिबमा भीमसेन पुडासैनी, राजकुमार वस्ती, कोषाध्यक्षमा रघुनाथ पुडासैनी चयन हुनुभएको उहाँले बताउनुभयो । त्यस्तै सदस्यहरुमा मिना भट्ट, नविन श्रेष्ठ, बुद्धिबहादुर बराम, सिता श्रेष्ठ, भुमिनन्द बगाले, रबिन भट्ट, होमकुमारी श्रेष्ठ, रन्जिता मग्राती, बिन्दु बराम, रोशन श्रेष्ठ, देबेन्द्र श्रेष्ठ, नबिन बगाले, जीबन बगाले र टेक बहादुर मग्राती पनि सर्वसम्मत चयन भएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
भेला नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका अध्यक्ष रामप्रसाद भन्तनाको प्रमुख आतिथ्यता तथा पार्टीको गोरखा जिल्ला सम्पर्क समन्वय समितिका इन्चार्ज रामहरि श्रेष्ठको विशेष अतिथ्यतामा सम्पन्न भएको हो ।यस अघि वडामा काग्रेससंग पराजित भएको माओबादी केन्द्रमा गोलबन्द हुने र अन्यपार्टीबाट समेत मसेलमा माओबादीमा प्रबेश गनेहरुको लहर बढेपछि आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले वडामा बिजयी हासिल गर्ने निश्चित भएको अध्यक्ष पाण्डेले दावी गर्नुभयो ।