Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

माओबादीको जितले बारपाक सुलिकोट गाउँपालिका बिकास र सम्बृद्धीको नमुना बन्योःअध्यक्ष प्रचण्ड


4.7K
Shares

माओबादीको जितले बारपाक सुलिकोट गाउँपालिका बिकास र सम्बृद्धीको नमुना बन्योःअध्यक्ष प्रचण्ड

गोरखा, १३ चैत : नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओबादीले जितेका पालिकाहरु बिकासको नमुना बनेको बताउनु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको शनिबार उद्घाटन गर्दै बारपाक सुलिकोट गाउँपालिका त्यसको उदाहरण भएको बताउनुभयो । उहाँले देशका ३ उत्कृष्ठ पालिका मध्ये बारपाक सुलिकोट गाउँपालिका पनि माओबादी केन्द्रले जितेको पालिका भएकाले यहाँका जनताले गाउँगाउँमा सिंहदरबारको अधिकार प्राप्त गरेको अनुभूती गर्न पाएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले गाउँपालिकाले निर्माण सम्पन्न गरेको प्रशासकिय भवन समेत देशकै नमुना भवन भएको भन्द्र गाउँपालिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले संघियताको अबधारणमा माओबादीको भएकाले जहाँजहाँ माओबादीले जितेको छ, त्यहाँ बास्तबिक संघियताको अनुभूति जनताले प्राप्त गरेको भन्दै गाउँगाउँमा सिंहदरबारको अनुभूती हुने गरी बिकासको मूल फुटाउन माओबादीलाई जिताउनुपर्ने बताउनुभयो । अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले संघियता बिरोधीहरु माओबादीलाई सिध्याउन लागी परेको बताउनुभयो । । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले गणतन्त्र बिरोधीहरु जनताका समावेशी अधिकार, समानुपातिक अधिकार खोस्न अझै उद्दत रहेको बताउनुभयो ।

जसरी पनि माओबादी केन्द्रलाई घेरा हालेर माओबादीलाई सिध्याउनु पर्छ भन्नेमा यथास्थितीबादीहरु लागि रहेको उहाँको भनाई छ । अध्यक्ष दाहालले माओबादी जनयुद्ध र उन्नाइस दिनको जनआन्दोलनबाट प्राप्त उपलब्धी खोस्न सके माओबादीलाई सिध्याउन सकिन्छ भन्नेमा प्रतिगमनकारी र प्रतिक्रान्तिकारीहरुको लागेको भन्दै त्यसका बिरुद्ध लड्ने बेला आएको बताउनुभयो । ‘अबको निर्वाचनमा माओबादीले हार्दा गणतन्त्र हार्ने खतरा छ, समावेशिता र समानुपातिकता खोसिने खतरा अझै बढी छ, उहाँले भन्नुभयो, माओबादीले जित्दा मात्र प्राप्त नेपाली जनताको अधिकारी कसैले खोस्ने सक्ने छैनन् ।’

अध्यक्ष दाहालले परिवर्तनका लागी अग्रणी भूमिका खेलेको माओबादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र सम्बृद्धिको बाटो खुल्ने बताउनुभयो । पटक–पटक संबिधान र गणतन्त्र हरण गर्न प्रयास गर्नेहरुबाट सचेत हुनुपर्ने उहाँको भनाई छ । ‘नत्र नेपाली जनताले प्राप्त गरेका उपलब्धीहरु खोसिनेवाला छ, संघियता बिरोधीहरुलाई जनयुद्ध र जनआन्दोलनबाट प्राप्त दलित, मुस्लिम, पिछडिएका समुदायका अधिकार स्थापना गरेको कुरा मन परेको छैन, उहाँले भन्नुभयो, त्यस्ता चरित्र भएकाहरु माआबोदीलाई सिध्याउन लागी परेका छन् ।’

माओबादी केन्द्र एक महिना मात्र जागे देश फेरी माओबादीमय हुने भन्दै निर्वाचनको तयारीमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘जो महिलालाई अधिकार दिन हुदैन भन्छन्, दलितलाई अधिकार दिन हुदैन भन्छन्, उनिहरु गाउँगाउँमा पुगेका छन्, उहाँले भन्नुभयो, गाउँगाउँमा सिंहदरबार हुनुहुदैन भन्नेहरुका बिरुद्ध हामी लड्नुपर्छ ।’ अध्यक्ष दाहालले संघियता,गणतन्त्र लगायतका प्राप्त उपलब्धी माओबादीले जन्माएको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओबादीकै भएको बताउनुभयो ।

‘माओबादीले खबरदारी नगरेको भएपनि देशमा गाउँगाउँमा पुगेको अधिकार फेरी सिंहदरबारमा फर्कने अबस्था आउथ्यो, उहाँले भन्नुभयो, माओबादी सहितका हजारौ कार्यकर्ता आन्दोलित भएर प्रगितमनलाई फर्काउन सफल भयौ, अब निर्बाचनमा बिजय हासिल गरेर हाम्रो उपलब्धीको रक्षा गर्नुपर्छ ।’ अध्यक्ष दाहालले शान्ति र संबिधानका लागी लडेको माओबादीले जनताको पक्षमा सोचे जस्तो काम गर्न नसकेको स्विकार गर्दै अब जनताको घरघरमा पुगेर जनतांसंग माफी माग्दै माओबादीले किन गर्न सकेन भनेर बुझाउनु पर्नेमा जोडदिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology