Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेकपा (माओबादी केन्द्र) गण्डकी प्रदेश सचिवमा गोरखाका खनाल


5.5K
Shares

नेकपा (माओबादी केन्द्र) गण्डकी प्रदेश सचिवमा गोरखाका खनाल

गोरखा, १० चैत ।  नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सचिवमा गोरखाका नेता जगन्नाथ खनाल निर्वाचित हुनुभएको छ । गएको ४ महिना अघि सम्पन्न अधिबेशनपछि हिजो भएको निर्वाचनबाट सचिवमा खनाल बिजयी हुनुभएको हो । माओबादीले प्रदेश अध्यक्षमा गायत्री गुरुङलाई तत्काल सर्वसम्मत चयन गरेपनि बाँकी पदाधिकारी भने चयन गर्न सकेको थियो ।

हिजो भएको अधिबेशनबाट उपाध्यक्षमा गुणाकर बस्याल, ज्ञामनाथ गैह्रे र मित्र शरण शर्मा चयन भएका छन् । सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेखबहादुर भण्डारी र टेकबहादुर बिक निर्वाचित भएका छन् । कोषाध्यक्षमा तारा भुषाल निर्वाचित हुनुभएको छ । प्रदेश समिति सदस्यहरु यसअघि नै चयन भएका थिए । प्रदेश सदस्यहरुबाटै पदाधिकारी चयन भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology