Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अबको निर्वाचन जनतालाई बिगतको गल्ती सच्याउने अबसर हो : राप्रपा अध्यक्ष लिङदेन


4.4K
Shares

अबको निर्वाचन जनतालाई बिगतको गल्ती सच्याउने अबसर हो : राप्रपा अध्यक्ष लिङदेन

गोरखा, १० चैत ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब आउने निर्वाचन नेपाली जनताका लागी बिगतका गल्ती सच्याउने अबसर भएको बताउनु भएको छ । गोरखा सदरमुकाममा आज आयोजित बृहत आमसभालाई सम्बोधन गर्नुहुदै उहाँले जनताले दिएको एक भोटले गलत पार्टी र गलत नेताले जिते पुरै देशले दुःख पाउने बताउनुभयो । उहाँले आउने एक बर्षको अबधीमा तीन तहको निर्वाचन हुने भएकाले सोचेर नेपाली जनता र देशको पक्षमा हुने गरी मतदान गर्न आग्रह समेत गर्नुभयो ।

‘बिगतमा गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाइरहेको छ, जुन अहिले हामीले भोगीरहेका छौ, उहाँले भन्नुभयो, सोचेर भोट दिनुस् एक बर्ष भित्रमा देशमा तीन तहको निर्वाचन हुदैछ, ।’अध्यक्ष लिङदेन नेताले काम गरेन, भ्रष्टाचार ग¥यो भनेर गाली गर्नु भन्दा पनि जनता आफै सचेत भएर चुनाव मार्फत त्यस्ता शक्तिलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।‘ नेताले काम गरेन भनेर, नेताहरु भ्रष्ट भए, बेइमानी भए भनेर तपाईलाई ति नेतालाई जहाँ जहाँ भेट्नुहुन्छ गाली गर्नुस्, ढुङगामुडा गर्नुस भन्न् म यहाँ आएको होइन्, उहाँले भन्नुभयो,‘ तिनले बेइमानी गरे तिनलाई हराएर देखाउनुस् भन्न आएको हो ।’

ठूला राजनीतिक पार्टीहरुले आफुहरु बिना देश नै चल्दैन भनेर घोषणा गर्न थालेको आरोप लगाउदै जनताले अब त्यस्ता दलहरुलाई निर्वाचन जबाफ दिनुपर्ने उहाँले भनाई छ । अध्यक्ष लिङदेनले पुराना पार्टी र आत्मासर्मपण बादी सोच सोच र दृष्टिकोणको पछि लागेर चुनाव जिताएर देश बन्छ भन्ने सोच राख्नु मूर्खता हुने बताउनुभयो ।

राप्रपाले गोरखा सदरमुकाममा आयोजना गरेको आमसभामा जिल्लाभरका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमा राप्रपाका महामन्त्री कुन्ती शाही, नेता ज्ञानेन्द्र शाही लगायतले समेत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology