Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नेकपा (माओबादी केन्द्र)ले चुन्यो पालुङटार नगरसमितिको अध्यक्ष तथा पदाधिकारी


6.8K
Shares

नेकपा (माओबादी केन्द्र)ले चुन्यो पालुङटार नगरसमितिको अध्यक्ष तथा पदाधिकारी

गोरखा, ३ चैत । नेकपा माओबादी केन्द्र पालुङटार नगर समितिको अध्यक्षमा विबस चिन्तन निर्वाचित हुनुभएको छ । आज लोकतान्त्रिक प्रक्रिया मार्फत नगरपार्टी समितिका पदाधिकारीको निर्वाचन गरिएको नेकपा माओबादी केन्द्र पालुङटारले जनाएको छ । निर्वाचन मार्फत अध्यक्षमा चिन्तन निर्वाचित हुनुभएको नगरसमितिका सदस्य असोक मरहट्टाले जानकारी दिनुभयो ।

नगरसमितिको अध्यक्षमा मदन देवकोटा प्रतिस्पर्धामा रहनुभएको थियो । त्यस्तै उपाध्यक्षमा सुमन आर्चाय, ऋषिराज धौराली र शर्मिला बगाले निर्वाचित हुनुभएको उहाँले बताउनुभयो । उपाध्यक्षमा गोबिन्द बराकोटी, मानबहादुर पौडेल र रामचन्द्र तिवारी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

त्यस्तै नगरसमितिको सचिवमा शंकर कंडेल सहसचिवमा बुद्धी गुरुङ निर्वाचित हुनुभएको सदस्य मरहट्टाले जानकारी दिनुभयो । नगरसमितिको सचिवमा आशिष देवकोटा र सहसचिवमा बसन्त देवकोटा र तारा तामाङ प्रतिस्पर्धामा हुनुहुन्थ्यो । नगरसमिकिो कोषाध्यक्षमा भने बिकास भट्टराई सर्वसम्मत चयन हुनुभएको उहाँको भनाई छ ।

नेकपा माओबादी केन्द्रको बिधान अनुसार नगरपार्टीको अधिबेशनबाट निर्वाचित भएको नगरसमितिका सदस्यहरु मध्येबाट नगरसमितिका पदाधिकारीको निर्वाचन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology