गोरखा ३, चैत । नेकपा माओबादी केन्द्रबाट काग्रेस पार्टीमा प्रवेश गर्नु भएका तत्कालिन अजिरकोट गाउँपालिका वडा नम्बर १ का सहसचिव उत्तम गुरुङ सहितको टोली पुनः माओबादी केन्द्रमा फर्किएका छन् ।
गाउँपार्टीले आयोजना गरेको एक कार्यक्रमका बिच उहाँ सहितको टिम माओबादी केन्द्रमा फर्किएका नेकपा (माओबादी केन्द्र) अजिरकोट गाउँपालिकाका गाउँपार्टी अध्यक्ष सनिल परियारले जानकारी दिनुभयो ।
कुल्तुङबेसी क्षेत्रबाट सवै नागरिक माओबादी केन्द्रमा नै रहने प्रतिबद्धता सहित पार्टीमा फर्कनु भएको सो पार्टीले जनाएको छ । कार्यक्रमका बिच स्थानीय माओबादी कार्यकता अर्जुन परियार, अन्जना परियार, बिकल परियार, धनबहादुर बि.क, रामकुमार सुनार रहेको उहाँले जानकारी दिनुभयो ।