Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आफ्नै परिवार द्धारा आफ्नै छोरीको हत्या


4.1K
Shares

आफ्नै परिवार द्धारा आफ्नै छोरीको हत्या

नयाँदिल्ली । भारतको दिल्ली नजिकै २५ वर्षीया युवतीलाई आफ्नै परिवारले हत्या गरेका छन । आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै आफ्नै परिवारले नै हत्या गरेका हुन् ।

आफ्नै परिवारका सदस्यहरुले नै ती युवतीको हत्या गरी फालिदिएको घटना सार्वजनिक भएको छ । पूर्वी दिल्लीबाट कारमा उनको मृत शरीर राखेर गत जनवरी ३० मा यूपीको सिकन्द्राबादस्थित क्यानलमा फ्याँकिएको थियो ।

शीतल चौधरी नामकी युवतीलाई उनकै अभिभावक र अंकलहरु मिलेर हत्या गरी फालेको समाचार सार्वजनिक गरेका छन् । घटना सार्वजनिक भएपछि प्रहरीले ती युवतीको परिवारका सदस्य सञ्जय र ओम प्रकाश, अंकलका दुई छोरा अंकित र प्रवेशलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले शीतल चौधरीलाई अपहरणपछि हत्या गरेको दिल्ली प्रहरीको आरोप लगाएको छ । शीतलका श्रीमान अंकित भाटीले मुद्दा दायर गरेपछि प्रहरीले घटनामा चासो देखाएको हो । प्रहरीका अनुसार उनीहरुले गत अक्टोबरमा परिवारको अनुपस्थितिमा गोप्य रुपमा विवाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology