Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सीमा अतिक्रमणबारे जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव पारित


4K
Shares

सीमा अतिक्रमणबारे जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव पारित

काठमाण्डौ १७, पुस ।
लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत नेपाली भूमि भारतले अतिक्रमण गरेको विषयमा राष्ट्रियसभामा पेश भएको जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव पारित भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईं समर्थक रहेको प्रस्ताव आज राष्ट्रियसभामा छलफलपछि पारित भएको हो ।

 

नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठाउन र सीमा विवाद हल गर्नका लागि कूटनीतिक पहल गर्नका लागि संकल्प प्रस्ताव पेश भएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संकल्प प्रस्तावमाथि छलफल सकिएको बताउनुभयो । उक्त प्रस्तावमाथि संशोधनको सूचना भने प्राप्त भएको थिएन । संकल्प प्रस्ताव ध्वनी मतबाट पारित भएको हो ।

 

संकल्प प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । राष्ट्रिय सभाले संकल्प प्रस्ताव कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology