Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नेकपा एमाले निकट बुद्धिजीवि परिषद् गोरखाको अध्यक्षमा रमेश अधिकारी


5.2K
Shares

नेकपा एमाले निकट बुद्धिजीवि परिषद् गोरखाको अध्यक्षमा रमेश अधिकारी

गोरखा २५, फागुन । नेकपा एमाले निकट बुद्धिजीवि परिष्द गोरखाको अध्यक्षमा रमेश अधिकारी चयन हुनुभएको छ । बुधबार गोरखा सदरमुकाम स्थित एमाले पार्टी कार्यालयमा भएको नेपाल बुध्दिजीवी परिषद् गोरखाको ८औं जिल्ला अधिवेशन अधिकारीको अध्यक्षतामा १४ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल, सचिवमा कमल प्रसाद लामिछाने, सहसचिवमा रामचन्द्र अर्याल र इन्द्रा बाँनिया, कोषाध्यक्षमा खिलानाथ सिंखडा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सुशिल अर्याल, ज्ञानेन्द्र पोखरेल, अशोक रानामगर, अमृत लामिछाने, राजेन्द्र भट्ट, जीवन कट्टेल, रोशन बाँनिया, होमनाथ रिमाल चयन हुनुभएको जनाइएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इञ्चार्ज राम शरण बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले गोरखाका अध्यक्ष प्रेम गुरूङ लगायतको सहभागिता रहेको थियो । अधिबेशेनको बिधान बमोजिम कार्यसमितिमा ५ जना पछि मनोनित गरिने परिष्दले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology