गोरखा १८, फागुन । नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपार्टीले आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीका लागी बिभिन्न ८ वटा बिभागको गठन गरेको छ । गाउँपार्टी सचिवालयको बैठकले निर्वाचनको तयारीका गर्न उच्चस्तरको ५ सदस्सीय कार्यदल सहित अन्य बिभागहरुको गठन गरेको अध्यक्ष बिनोद पाण्डेले जानकारी दिनुभयो ।
निर्वाचनका क्रममा चुनावी रणनीति तय गर्न पार्टीका गण्डकी प्रदेश समितिका सदस्य एवंम गाउँपार्टी समितिका इन्चार्ज लोकप्रसाद बन्जरा (अक्कल) को संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा पार्टीका गण्डकी प्रदेश समितिका सल्लाहकार गोपाल बराइली गण्डकी प्रदेश समितिका सदस्य प्रेमचन्द्र श्रेष्ठ, दीपक श्रेष्ठ र बिनोद पाण्डे रहनु भएको छ । बैठकले गाउँपार्टी अध्यक्ष बिनोद पाण्डेको अध्यक्षतामा २५१ सदस्सीय मूल निर्वाचन परिचालन समिति गठन गरेको पार्टीले जनाएको छ ।
त्यस्तै मनोनयन निर्वाचन लगायतका क्रममा पर्ने कानुनी जटिलताको समाधानका लागि उपाध्यक्ष मालती भट्टको संयोजकत्वमा तीन सदस्सीय कानुनी परामर्स समिति गठन भएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । बैठकले प्रेमचन्द्र श्रेष्ठको संयोजकत्वमा अध्ययन अनुमगन परामर्स समिति, सागर श्रेष्ठको संयोजकत्वमा युवा स्वयमसेवक समिति, नारायण श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, दीपक श्रेष्ठको संयोजकत्वमा सूचना तथा सञ्चार बिभाग र सरोज लामिछानेको नेतृत्वमा सांस्कृतिक बिभागको गठन गरेको हो ।
नवगठित समितिहरुले निर्वाचन लक्षित योजना ठोस गरेका काम थाल्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो । बैठकमा पार्टीका जिल्ला इन्चार्ज कृष्ण धिताल (बिजय), पार्टीका गण्डकी प्रदेश समितिका सल्लाहकार गोपाल बराइली, गाउँपार्टी समितिका इन्चार्ज एवम गण्डकी प्रदेश समितिका सदस्य लोकप्रसाद बन्जरा (अक्कल), प्रदेश समिति सदस्य प्रेमचन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । गाउँपाटी समितिका अध्यक्ष बिनोद पाण्डेको अध्यक्षतामा मंगलबार बैठक सम्पन्न भएको हो ।