Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मेयरले एकलौटी रकमान्तरण गर्न लागेपछि गोरखा नगरपालिकाका वडाध्यक्षद्धारा बैठक बहिस्कार


5.1K
Shares

मेयरले एकलौटी रकमान्तरण गर्न लागेपछि गोरखा नगरपालिकाका वडाध्यक्षद्धारा बैठक बहिस्कार

बिमल श्रेष्ठ

गोरखा, २० माघ । गोरखा नगरपालिकाको कार्यपालिका बैठक ६ जना वडाध्यक्षले बहिष्कार गरेका छन् । नगर प्रमुख राजनराज पन्तले चुनावलक्षित टुक्रे योजनामा बजेट बाँडफाँट गरेको आरोप लगाउँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटका वडाध्यक्षहरु बिहीबारको बैठकबाट बहिष्कारका हुन् ।

नगरसभामा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल चल्दै गर्दा ६ जना वडाध्यक्षले बैठक बहिष्कार गरेर बाहिरीएको गोरखा नगरपालिका १० का वडाध्यक्ष देवीबहादुर बस्नेतले बताए । हाम्रो जानकारी बिनै बिनियोजित बजेट रकमान्तर गरेर कार्यकता पोस्ने नयाँ योजना छनौट गर्न लागेका कारण बैठक बहिष्कार गरेको बस्नेतले जानकारी दिनुभयो ।

कोभिडका कारण काम हुन नसेका चालु योजनाको बजेट रकमान्तर गरी नगर प्रमुख पन्तले १ करोड ४६ लाख रुपैयाँ विभिन्न नयाँ योजनामा विनियोजनाको तयारी गर्नुभएको थियो । नगरकै गौरव हुने खालका योजनामा बजेट हाल्नुको साटो टुक्रे योजनामा बजेट बिनियोजन गरेका कारण गोरखा नगरपालिका ३, ७, १०, ११, १३ र १४ नम्बरका वडाध्यक्षले बैठक बहिष्कार गरेका हुन् ।

वडाध्यक्षले बैठक बहिष्कार गरेको बिषयमा गोरखा नगरपालिकाका कार्यकारी अधिकृत दिनेशराज पन्तले त्यस्तो नभएर खाना खान बैठक बाट बाहिरिएको दावी गर्नुभयो । ‘अहिले वहाँहरु सबै पुनः बैठकमा बस्नु भएको छ’ अधिकृत पन्तले भन्नुभयो । शुक्रबार गोरखा नगरले नवौं नगरसभाको आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology