Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

आठौँ महाधिबेशनले माओबादी केन्द्रलाई सहि करेक्सन गर्यो : केन्द्रीय सदस्य तमु


3.8K
Shares

आठौँ महाधिबेशनले माओबादी केन्द्रलाई सहि करेक्सन गर्यो : केन्द्रीय सदस्य तमु

गोरखा २०, माघ । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवम गोरखा जिल्लाका सहइन्चार्ज अमर तमुले नेकपा माओबादी केन्द्रको ८ औं महाधिबेशन पार्टीलाई सहि करेक्सन गरेको बताउनु भएको छ । पार्टीको भीमसेन थापा गाउँपार्टी समितिको बैठकलाई आज सम्बोधन गर्नुहुदै उहाँले रुपान्तरणले र आयामका दृष्टिकोणले ८ औं महाधिबेशन सफल भएको बताउनु भएको हो ।

संगठनलाई व्यवस्थित गर्न र बैचारिक रुपमा पार्टीलाई स्पस्ट मार्ग निर्देश गर्न  महाधिबेशन सफल भएको भन्दै केन्द्रीय सदस्य तमुले माओबादी पार्टीलाई महिला, दलित, उत्पिडित, पिछडिएको बर्ग समुदाय र सर्वहारा लगायतको पार्टी बनाउने दिशामा पार्टी अघि बढेको बताउनुभयो । उहाँले पार्टी नयाँ बिचार सहित अघि बढेकाले पार्टीका हरेक तह र जनबर्गिय तथा शुभेच्छुक संगठनहरुले त्यसको पूर्ण कार्यान्वयन गर्न प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा अर्का केन्द्रीय सदस्य सुशिला सिंखडाले माओबादी जनताको भावना र चाहाना अनुसार अघि बढ्ने पार्टी भएकाले राष्ट्रहित बिरोधी कुनै पनि कार्यका बिरुद्ध शसक्त प्रतिकार गर्ने बताउनुभयो । उहाँले एमसिसी यथास्थितमा कुनै पनि हालतमा पारित नहुने बताउनुभयो । बैठकलाई सम्बोधन गर्नुहुदै नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समितिका सदस्य लोकप्रसाद बन्जरा (अक्कल) ले पार्टी भित्रका समस्यालाई सामुहिक ढंगबाट गरिने प्रयासबाट सजिलै हल गर्न सकिने बताउनुभयो ।

उहाँले अहिले पार्टी समिति प्रणाली व्यवस्थित ढंगले अघि बढेको भन्दै रुपान्तरणको बिधिलाई सवैले अबलम्बन गर्नुपर्नेमा जोडदिनुभयो । बैठकले पालिका भित्रका ८ वटै वडासमितिको इन्चार्ज तोकेको छ भने पार्टीको पालिका स्तरीय बिभागहरुको इन्चार्ज समेत ठोस गरेको गाउँपार्टी अध्यक्ष बिनोद पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology