Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

परिमार्जन सहित एमसीसी पास हुन्छ अध्यक्ष दाहाल


3.4K
Shares

परिमार्जन सहित एमसीसी पास हुन्छ अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ ।उहाँले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गर्ने नेकपाको तयारी रहेको पनि बताउनु भयो।

नेकपाको कार्यदलले एमसीसी अध्ययन गरि प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘एमसीसी कुनै बाइबल नभएको भन्र्दै यसलाई परिमार्जन गरेर अघि बढाइनेछ’, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उहाँले दाबी गर्नु भयो ।

अध्यक्ष दाहालले सरकारको कामका विषयमा आइतबारदेखि सुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताउनुभएको छ । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई नराम्रा कामले छोपेको भन्दै उहाँले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology