Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मध्यरातमा डा. भट्टराईको ट्विट: एमसिसी राष्ट्रहितमा छ, सहमति गरेर पारित गरौं


4.3K
Shares

मध्यरातमा डा. भट्टराईको ट्विट: एमसिसी राष्ट्रहितमा छ, सहमति गरेर पारित गरौं

काठमाण्डौं १७, माघ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताउनु भएको छ । गएराती मध्यरातमा ट्विट गर्दै उहाँले आलटाल नगरी एमसिसीलाई सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्नेमा जोड दिनुभएको हो ।

साथै, उहाँले एमसिसी प्रकरणले नेपालका ‘रुढीवादी कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस् भन्ने कामनासमेत गरेका छन् । ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाउ, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्,’ भट्टराईले लेख्नुभएको छ, ‘यो प्रकरण नेपालका रुढीवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस्, देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्, शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।’

गठबन्धनभित्रका दलले एमसिसीको विषयमा हालसम्म ठोस निर्णय गर्न सकेका छैनन् । एमसिसी सम्झौताबारे साझा धारणा बनाउन सत्तारुढ गठबन्धनले कार्यदल बनाए पनि उसले काम अगाडि बढाउन सकेको छैन । कार्यदलमा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल, कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology