Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

ओमिक्रोन फैलिन नदिन गोरखा सहित गण्डकी प्रदेशका जिल्लामा पनि कडाइ गरिने


13.9K
Shares

ओमिक्रोन फैलिन नदिन गोरखा सहित गण्डकी प्रदेशका जिल्लामा पनि कडाइ गरिने

पोखरा, २४ पुष। नेपालमा थप कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै गोरखा सहित गण्डकी प्रदेशका नाकाहरुमा कडाइ गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको थियो।

एकैपटक ठूलो संख्यामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँँगै खुकुलो पारिएका गण्डकी प्रदेशका नाकाहरुमा पुनः गरिने कडाइ भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङ, मन्त्रालयका सचिव डा। विनोदविन्दु शर्मासहितको शुक्रबार बसेको बैठकले ओमिक्रोन नियन्त्रण गर्न तत्कालन आवश्यक तयारी थाल्ने निर्णय गरेको हो ।

बैठकमा हालै भइरहेका सबै प्रकारका मेला महोत्सव समेत बन्द गर्न सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयका सचिव विनोदविन्दु शर्मालाई मन्त्री गुरुङले निर्देशन दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology