गोरखा, २० पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा गोरखाका मोहनकुमार श्रेष्ठ मनोनित भएका छन् । राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि बसेको पहिलो बैठकले श्रेष्ठसहित ३१ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेको हो ।
श्रेष्ठ भिमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङका हुन् । २०६७ साल देखि केन्द्रीय सदस्यमा रहेका उनी पाँच पटक सह प्रवक्ता रहेर समेत काम गरिरसहेको छन् । उनी यस अघिका पार्टीको पूर्व प्रचार विभागका प्रमुख समेत हुन् ।
राप्रपाको विधानअनुसार केन्द्रीय कमिटी एकसय ९९ सदस्यीय हुनेछ । जसमा मंसीरको दोस्रो साता भएको महाधिवेशनले एकसय ४९ सदस्य निर्वाचित गरेको थियो । बाँकी ५० जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने विधान अनुसार आइतबार ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । योसँगै राप्रपाको केन्द्रीय कार्यसमिति एकसय ८० सदस्यीय भएको छ । बाँकी १९ जनालाई दोस्रो चरणको वैठकले मनोनित गर्ने राप्रपाले जनाएको छ ।
त्यस्तै, केन्द्रीय सदस्यहरुबाट चार उपाध्यक्ष, तीन महामन्त्री, एक प्रवक्ता र एक कोषाध्यक्ष नियुक्ति हुनेछन् । त्यस्तै, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहकोषाध्यषमा छनौट गरिने राप्रपाले जनाएको छ ।
मनोनीत भएका नेता
१. दीपक बोहरा, रुपन्देही
२. हरिबहादुर बस्नेत, उदयपुर
३. नवराज सुवेदी, रामेछाप
४. बालाराम घर्ती मगर, रोल्पा
५. टंक ढकाल, भोजपुर
६. प्रेम बहादुर भण्डारी, बाँके
७. निरञ्जन थापा, रुपन्देही
८. भीमप्रसाद गौचन, म्याग्दी
९. हेमजंग गुरुङ, लमजुङ
१०. ठाकुर प्रसाद शर्मा, धादिङ
११. रामकुमार सुब्बा, सुनसरी
१२. मुकुन्दश्याम गिरी, सुर्खेत
१३. दिनेश श्रेष्ठ, भक्तपुर
१४. प्रा।डा।गीताभक्त जोशी, काठमाडौं
१५. भक्ति प्रसाद सिटौला, झापा
१६. मोहन कुमार श्रेष्ठ, गोरखा
१७. झनक प्याकुरेल, नुवाकोट
१८. श्यामबहादुर शाही, अछाम
१९. एजी शेर्पा, सोलुखुम्बु
२०. पुष्पराज पुरुष, ललितपुर
२१. रमानन्द न्यौपाने, जुम्ला
२२. सरोजा शर्मा, नवलपरासी
२३. रामप्रताप साह ९भोला०, सिराहा
२४. रविन चाम्लिङ, खोटाङ
२५. उदयराज पोखरेल, स्याङ्जा
२६. सरस्वती के।सी।अधिकारी, काठमाडौं
२७. दिनेश कार्की, रामेछाप
२८. वीरेन्द्र बम, कैलाली
२९. केशवचन्द्र समाल, रुकुम पूर्व
३०. अम्बर बहादुर विष्ट, झापा
३१. नवीन शाही, काठमाडौं