Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कैलालीमा बसको ठक्करबाट युवकको मृत्यु


2.9K
Shares

कैलालीमा बसको ठक्करबाट युवकको मृत्यु

कैलालीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। आलिताल गाउँपालिका–८ का २२ वर्षीय डम्बर भट्ट बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरमा अत्तरियातर्फ आइरहेको ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर अवस्थामा भएका डम्बरको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उहाँको कोहपुरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक नारायण विष्टले बताउनुभयो। दुर्घटनामा परि अर्का घाइते डडेल्धुराको परशुरामका २५ वर्षीय खेमराज भट्टको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology