मिलन ढकाल
गोरखा ४, पुस । नेकपा माओबादी केन्द्रको भातृसंगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपालको बारपाक सुलिकोट गाउँपालिका समितिको प्रथम गाउँपालिका सम्मेलनबाट अध्यक्षमा रबित तामाङको निर्वाचित हुनुभएको छ । शनिबार बारपाक सुलिकोट ४, सौरपानीमा भएको सम्मेलनबाट वाइसिएल बारपाक सुलिकोट गाउँपालिकाको उपाध्यक्षमा सिताराम गुरुङ (सौरपानी(, प्रेम बहादुर गुरुङ (देउराली), सचिवमा यमबहादुर गुरुङ (बारपाक), सहसचिवहरु सस्कार गुरुङ (स्वारा), सरला रोका (पन्द्रुङ), मुकेश राना (सौरपानी), लक्ष्मण गुरुङ (तामलाबोट) र कोषाध्यक्षमा अजय गुरुङ (ताकुकोट) निर्वाचित भएका छन् ।
सम्मेलनको उद्घाटन कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) का नेता बिष्णु प्रसाद भट्ट (सुरेन्द्र) ले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा वाइसिएलका केन्द्रीय सदस्य एवं प्रदेश सहसंयोजक सुदिप नगरकोटी, नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश पाटी सदस्यहरु भगवती तिवारी, धामी बराम, सनमाया गुरुङ, बारपाक सुलिकोट गाउँपालिका पार्टी अध्यक्ष नरबहादुर गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ, सहसचिब जित नेपाली, वाइसिएलका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज गुणराज खनाल, गाउँपालिका इन्चार्ज राजकुमार गुरुङ, गोरखा नगरपालिका अध्तक्ष रोशन मिया, भिमसेन थापा गाउँपालिका अध्यक्ष सागर श्रेष्ठ, अनेरास्ववियू (क्रान्तिकारी) बारपाक सुलिकोटका अध्यक्ष मिलन ढकाल लगायत पार्टीका बिभिन्न तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
थानीथानदेखि सौरपानी भन्ज्याङ हुदै पुनः थानीथानको कार्यक्रम स्थलसम्म नारा जुलुससहित मार्चपास गरेर सभामा परिणत भएको थियो ।