अखण्ड श्रेष्ठ
काठमाण्डौ १, पुस । दुई सय ३४ बर्ष लामो सामन्तबादी राज्य सत्ताको अन्त्य गर्दै नेपाल गणतन्त्र स्थापना गर्न नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वदायी भूमिका खेले । दश बर्ष लामो सशस्त्र जनयुद्ध र त्यसैको जगमा भएको १९ दिने जनआन्दोलनबाट नेपालमा गणतन्त्र स्थापना भयो । बि.स २०५८ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले शासकिय सत्ता आफ्नो हातमा लिएपछि सर्वहारा जनता मुक्तिका लागि जनयुद्ध होमिएको माओबादी बाहेकका राजनीतिक दलहरुको शक्ति कमजोर मात्र बन्यो । काग्रेस, एमाले लगायतका दलका नेताहरु नजरबन्दमा परे ।
राजा र राजतन्त्रका बिरुद्ध आन्दोलन थालेका काग्रेस एमाले लगायतका तत्कालिन संयुक्त ७ दलले संसद पुर्नस्थापनाका लागि गरेको महिनौको आन्दोलन सार्थक बन्न सकेन् । राजालाई फकाएर फेरी संसद व्युताउने काग्रेस एमालेको प्रयास सफल हुन सकेन । बरु दलका नेताहरु धमाधम पक्राउ पर्न थाले । काग्रेस एमाले लगायतका दल नत राजा संग लड्न सक्ने अबस्थामा थिए, माओबादीले उठाएका एजेन्डालाई स्विकार गरेर अघि बढ्न सक्ने अबस्थामा । राजालाई भगवान रुपी अबतार ठान्ने तत्कालिन काग्रेस र एमाले नेताहरुलाई आफ्नो दलिय अस्तित्वका बचाउनका लागि भारतलाई हारगुहार नगरेका पनि होइनन् तर सकेनन् ।
माओबादीले उठाउदै आएको गणतन्त्र, संबिधानसभा मार्फत नयाँ संबिधान, धर्मनिरपेक्षता लगायतका मुद्दा सुन्न समेत नचाहाने काग्रेस एमालेलाई कित सिद्यिनुपर्ने अबस्थामा पुगे वा माओबादीलाई साथ दिएर अघि बढ्नु बाहेकको बिकल्पमा थिएनन् । तर गणतन्त्रको ग स्विकार गर्न नसक्ने एमाले भित्रका तत्कालिन ओली समुह, काग्रेस लगायतका राजनीतिक दललाई राजासंग लड्नका लागि कि त माओबादीको एजेन्डा स्विकार गर्नुपर्ने भयो । नभए राजाको नजरबन्दमा स्विकार गर्नुपर्ने बाहेकको अर्को कुनै बिकल्प नभएको कुरा सत्य हो ।
कम्युनिष्टलाई देख्न समेत नसक्ने गिरिजाप्रसाद कोइरालाले आफ्नो कुनै बलले नभेटेपछि जनयुद्दको नेतृत्व गरीरहेको माओबादीसंग हातेमाले गरेर अघि बढ्नुको बिकल्प देखेनन् । राजतन्त्र बिरुद्ध लड्न काग्रेस र एमालेले माओबादी एजेण्डालाई स्विकार गरेर अघि बढ्नुको कुनै बिकल्प भएन । अन्तत् जनयुद्धको जगमा नेपालमा २०६३ मा जनआन्दोलन मार्फत राजतन्त्रको अन्त्य भयो । राजा श्रीपेच खोलेर दरबार छोडेर नार्गजुन पुगे । संसदको पुर्नस्थापना भयो । काग्रेस एमालेले माओबादीलाई बराबरी हैसियत दिएर सरकार बन्यो ।
जनआन्दोलनका बेला गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनलाई बयलगाडा चढेर अमेरिका जानु जस्तै हो भन्ने संज्ञा दिने गरेका तत्कालिन एमालेका नेता खड्का प्रसाद ओली (हाल एमाले अध्यक्ष) लाई गणतन्त्र मन परेकै थिएन । तत्कालिन अबस्थामा पार्टीमा नेतृत्व आफ्नो नभएपछि खुम्चिएर गणतन्त्र स्विकार गरेर अघि बढ्नु बाहेक उनिसंग कुनै बिकल्प थिएन् । सत्ता र शक्तिका लागि जे गर्न तयार हुने ओली माओबादी केन्द्रसंगको एकतापछि २०७४ मा सत्ता पुगे । निरंकुशताबादी सोच, अहमताबादी दृष्टिकोण बोकेका ओलीलाई सत्ता रहदा पनि गणतन्त्र सिध्याउने, संबिधानसभाबाट बनेको संबिधान बिरुद्ध जाने बाहेकको सोचमा परिवर्तन नआउदा दुईदुई पटक संबिधान बिघटन गरे । तर प्रचण्डको कुशल नेतृत्वका कारण ओलीले सोचे जस्तो भएन ।
गणतन्त्र माथि उनले गरेको हमलाले ओलीलाई जनताबाट नङ्ग्याइदियो । गणतन्त्र नै धरापमा पर्ने स्थित आएपछि प्रचण्डले संबिधान र गणतन्त्रको रक्षाका लागि काग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेले । जति सुकै प्रयास गरेपनि गणतन्त्र मास्ने योजनामा जुटेका ओली सफल नभएपछि अहिले माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गरेर पटक पटक हमला गरिरहेका छन् । पटक पटक राजासंग जोडेर प्रचण्ड माथि ओलीले गरेको हमला गणतन्त्र बिरुद्धको हमला र संबिधान माथिको आक्रमण हो । उनको यो हमला नेपालमा गणतन्त्र सिध्याउने खेल बाहेक अरु केही हुनसक्दैन ।