Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

काँग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित


2.6K
Shares

काँग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित

काठमाण्र्डौं २९, मङ्सिर । नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा पुनः निर्वाचित हुनुभएको छ । राति आएको मतपरिणाम अनुसार देउवाले २७ सय ३३ मत ल्याउनुभयो । यस्तै उहाँका प्रतिस्पर्धी डाक्टर शेखर कोइरालाले १८ सय ५५ मत प्राप्त गर्नुभएको काँग्रेसको केन्द्रिय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३३ मत भने बदर भएको छ । पहिलो चरणमा सभापतिका उम्मेद्वार ५ जना मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच फेरि मतदानमा भएको हो । दोस्रो चरणको मतदानमा चार हजार ६ सय २३ मत खसेको निर्वाचन समितिले जनाएको छ । सभापतिको परिणाम आइसकेकाले अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको गणना सुरु हुने भएको छ ।

अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । आजै दिउँसोदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समिति सदस्य केसीले बताउनुभयो । सकेसम्म छिटो मतपरिणाम सार्वजनिक गर्ने गरि गणनाको काम सुरु हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology