Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

माओबादीले बढायो प्रदेशमा पदाधिकारी प्रदेश समिति सदस्य


2K
Shares

माओबादीले बढायो प्रदेशमा पदाधिकारी प्रदेश समिति सदस्य

गोरखा २३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले प्रदेश समितिमा पदाधिकारी र सदस्य संख्या थप गरेको छ । माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना राख्ने निर्णय गरेको हो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सचिव र कोषाध्यक्ष रहने छन् । त्यस्तै प्रदेश समितिको संख्यासमेत बढाएको छ । यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर संख्या थप गर्ने भएको हो ।

अब प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वागमीतमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने छन् । माओवादीले यही मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology