गोरखा १०,कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाले भोली हुन लागेको जिल्लाका ११ वटै पालिकाको अशिबेशनको तयारी पुरा गरेको जनाएको छ । माओबादी केन्द्रले गोरखा जिल्लाका २ वटै नगरपालिका र ९ वटै गाउँपालिका स्तरीय अधिबेशनको तयारी पुरा गरिसकेको पार्टीका जिल्ला समन्वय समितिका संयोजक लेखबहादुर थापा मगरले जानकारी दिनुभयो । अघिबेशनका लागि दुवै नगरपालिका र ९ वटै गाउँपालिकामा निर्वाचन समितिले काम सुरु गरिसकेको उहाँले बताउनुभयो ।
‘सवै पालिकामा मतपत्र, मनोनयन पत्र लगायतका आबश्यक निर्वाचन सामाग्री पु¥याई सकिएको छ, संयोजक थापामगरले भन्नुभयो, ‘पालिकाहरुमा ५५ सदस्य र नगरपालिकामा ८५ सदस्सीय पार्टी समिति चयन हुनेछ ।’ सवै पालिकाहरुमा सकभर सहमतिबाट पदाधिकारी तथा सदस्य चयन गरिने उहाँले बताउनुभयो । नगरपार्टी समिति र पालिका समितिमा ७/७ जना पदाधिकारी रहनेछन् । जसमा अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष रहने व्यवस्था माओबादी केन्द्रको बिधानले गरेको छ ।
सहमतिमा नेतृत्व चयन हुन नसक्ने अबस्था आए मतदानबाट नेतृत्व चयन गरिने संयोजक थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको बिधान अनुसार पालिकाको सवै समितिहरुमा महिला ३५ प्रतिसत, युवा २० प्रतिसत, दलित १५ प्रतिसत अनिबार्य समेट्ने व्यवस्था गरिएको छ । त्यस्तै अधिबेशनबाट अधिबेशनबाट जिल्लाको गोरखा नगरपालिकाबाट २२ जना, पालुङटार नगरपालिकाबाट २० जना, सहिद लखन गाउँपालिका १९ जना, गण्डकी गाउँपालिकाबाट १८ जना प्रदेश प्रतिनिधिको रुपमा चयन हुनेछन् ।
त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाबाट १४ जना, भीमसेन थापा गाउँपालिकाबाट १३ जना, सिरानचोक गाउँपालिका १२ जना, धार्चे गाउँपालिकाबाट ११ जना, अजिरकोट गाउँपालिकाबाट १० जना, आरुघाट गाउँपालिकाबाट ९ जना र चुमनुव्री गाउँपालिकाबाट ५ जना प्रदेश प्रतिनिधिको रुपमा निर्वाचित हुने संयोजक थापामगरले जानकारी दिनुभयो । गोरखा जिल्लाबाट प्रदेश प्रतिनिधिको रुपमा १ सय ५३ जना निर्वाचित हुने माओबादी केन्द्रले जनाएको छ ।