Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा माओबादी केन्द्रको पार्टी सदस्य २० हजार ५ सय नाध्यो


5.9K
Shares

गोरखामा माओबादी केन्द्रको पार्टी सदस्य २० हजार ५ सय नाध्यो

गोरखा, २ मङ्सिर । नेकपा माओबादी केन्द्र गोरखाले जिल्लामा आक्रमक रुपमा पार्टी सदस्यत नविकरणको काम अघि बढाएको छ । माओबादीले कात्तिकको पहिलो सातादेखि सुरु गरेको सदस्यता नविकरण जिल्लामा अन्तिम चरणमा पु¥याएको पार्टीका जिल्ला समन्वय समितिका संयोजक लेखबहादुर थापाले जानकारी दिनुभयो । ११ वटा स्थानीय तह रहेको गोरखा जिल्लामा हिजो बिहानसम्म कुल पार्टीको सदस्य संख्या २० हजार ७ सय ४६ पुगेको उहाँले बताउनुभयो ।

‘जिल्लामा अहिलेसम्म नविकरणको अबस्था हेर्दा पार्टी २०६४ को अबस्थामा फर्कने देखिएको छ, संयोजक थापामगरले भन्नुभयो, ‘अझै भोली साँझसम्ममा नविकरण गर्ने पार्टी सदस्यहरु थपिने निश्चित छ ।’ उहाँले गोरखामा जिल्लामा नेकपा माओबादी केन्द्रको पार्टी सदस्य २३ हजार ५ सय पुग्ने बताउनुभयो । जिल्ला स्थानीयहरु मध्ये भीमसेन थापा गाउँपालिकामा १ हजार ७६७, सहिद लखन गाउँपालिकामा २ हजार ७६३, गोरखा नगरपालिकामा ३ हजार २३ जना पार्टी सदस्यले सदस्यता नविकरण गरेको जानकारी दिनुभयो ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकामा १ हजार ८७६, पालुङटार नगरपालिकामा २ हजार ८२३, चुमनुव्री गाउँपालिकामा ५ सय ३८, गण्डकी गाउँपालिकामा २ हजार ५४९ जनाले पार्टीको सदस्यता नविकरण गरीसकेको संयोजक थापामगरले जानकारी दिनुभयो । उहाँले जिल्लाको आरुघाट गाउँपालिकामा १ हजार ४७ जना, धार्चे गाउँपालिकामा १ हजार ४२४ जना, अजिरकोट गाउँपालिकामा १ हजार २३२ जना र सिरानचोक गाउँपालिकामा १ हजार ६ सय ४४ जनाले पार्टी सदस्यता नविकरण गरेको बताउनुभयो ।

आज साँझसम्ममा थप ३ हजार ५ जनाले पार्टी सदस्यता नविकरण गर्ने अनुमान गरिएको संयोजक थापामगरले जानकारी दिनुभयो । पार्टी सदस्यताका हिसावमा गोरखा जिल्लामा माओबादी केन्द्र सवैभन्दै धेरै पार्टी सदस्य भएको पार्टी बनेको छ । जिल्लामा काग्रेसको करिब १२ हजार र एमालेको करिब ७ हजार ५ सय पार्टी सदस्यता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology