Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा माओबादी केन्द्रले सवै स्थानीय तह र निर्वाचन क्षेत्र जित्ने निश्चत : संयोजक थापा


14.3K
Shares

गोरखामा माओबादी केन्द्रले सवै स्थानीय तह र निर्वाचन क्षेत्र जित्ने निश्चत : संयोजक थापा

गोरखा २९, कात्तिक । नेकपा माओबादी केन्द्र गोरखा नगरपालिका वडा नम्बर १० वडास्तरीय योङकम्युनिष्ट लिग (वाईसिएल) को प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच छेवेटारमा भएको भेलालाई सम्बोधन गर्नुहुदै पूर्वमन्त्रि समेत रहनु भएका थापाले आगामी तिन वटै तहको निर्वाचनमा माओबादी केन्द्रले गोरखा जिल्लामा पुरानो बिरासत कायम गर्ने बताउनुभयो ।

उहाँले आउदो निर्वाचनमा गोरखामा माओबादी केन्द्रले स्थानीय तहमात्र नभएर सवै प्रदेश र संघिय निर्वाचन क्षेत्रमा जित्ने स्पस्ट खाका देखिएको बताउनुभयो । ‘प्रगिगमनहरु र यथास्थितबादीहरु चलमलाउन थालेपछि त्यसका बिरुद्ध युवाहरु जुरमुराउन थालेका छन्, उहाँले भन्नुभयो, तिनलाई परास्त गर्न माओबादीहरु एक भएर उभिनेछन् ।’

संयोजक थापाले युवाहरुलाई संगठन निर्माणमा आक्रमक ढंग लाग्न समेत निर्देशन दिनुभयो । जिल्ला समन्वय समिति गोरखाका संयोजक लेखबहादुर थापा, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समितिका सचिवालय तथा गोरखा नगरपालिका इन्चार्ज कमला नहर्की, नेकपा माओबादी केन्द्रका गोरखा नगरपालिका सहइन्चार्ज धना तमु, नगरपार्टी पार्टीका अध्यक्ष कृष्ण रानामगर, बाइसिएल कन्द्रीय सदस्य सुदिप नगरकोटी, गुणराज खनाल, बुद्धजंग तामाङ अखिल क्रान्तिकारी गोरखा जिल्लाका इन्चार्ज रामकृष्ण भट्ट लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम बिजयकुमार श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको हो । सो अबसरमा सुधिर गुरुङको नेतृत्वका काग्रेस एमाले लगायतका पार्टीबाट १६ जना माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology