गोरखा २२, कात्तिक । पूर्वंप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई पार्टीको सुज अभियान लिएर आजदेखि गोरखामा जनभेटघाट सुरु गर्नुभएको छ । अभियान अन्र्तगत अध्यक्ष भट्टराई करिब २ साता जिल्लामा रहने कार्यक्रम तय भएको जनता समाजबादी पार्टी गोरखाले जनाएको छ । अभियानको पहिलो दिन उहाँले जिल्लाको गण्डकी गाउँपालिकाको घ्याल्चोक, तोरीस्वाँरा, बेनीगाउँ, रामपुर लगायत बिभिन्न स्थानमा जनभेटघाटमा सहभागी हुनुभएको हो ।
निर्वाचन नजिकिदै गर्दा जिल्ला भित्र संगठनलाई मजुबत बनाउन उहाँले अभियान सुरु गर्नुभएको हो । जनभेटघाटमा पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले जनतालाई देशको पछिल्लो राजनीतिक अबस्था र पार्टीले सञ्चालन गरेको सुज अभियानका बारेमा जानकारी गराउन सुरु गर्नुभएको छ । त्यस्तै नागरिकहरुसंगको भेटघाट तथा छलफलमा स्थानीय स्तरमा जनताले भोग्नुपरेको समस्याका बारेमा पनि पूवर््ाप्रधानमन्त्री डाक्टर भट्टराईले जानकारी लिनु भएको जसपा गोरखाले जनाएको छ ।
गण्डकी गाउँपालिकाको बिभिन्न स्थानमा आज भएका भेटघाट तथा छलफल कार्य क्रममा स्थानीयबासीहरुले बूढीगण्डकी आयोजनाले बनाएको अन्यौल र ढिलासुस्तीको बारेमा पनि गुनासो गरेका थिए । गोरखमा सुरु भएको पार्टीको सुज अभियानमा जसपाका केन्द्रिय सदस्य हिसिला यमी, गण्डकी प्रदेशका उर्जा जलस्रोत मन्त्री हरिशरण आचार्य सहित जिल्ला र पालिका स्तरका नेताहरुको सहभागिता रहेको छ ।
अभियान अन्र्तगत भोली सहिद लखन गाउँपालिकाको घैरुङ, नाम्जुङ, भीमसेन थापा गाउँपालिकाको बोर्लाङ, २४ गते बालुवा, थुमी र मान्वुमा जनभेटघाट गर्ने कार्यक्रम रहेको छ । आजदेखि सुरु भएको अभियान मंसिर ३ गतेसम्म सञ्चालन हुने जसपाले जनाएको छ ।