काठमाण्डौ १३, कात्तिक । पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३१६ पीसीआर परीक्षणमा २९७ जना र २ हजार ५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९११ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ९ हजार ५२६ जना रहेका छन् ।