Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गठबन्धन भित्र कुनै विवाद छैन, अदालत बारे छिट्टै धारणा सार्वजनिक गर्छौ : प्रचण्ड


1.8K
Shares

गठबन्धन भित्र कुनै विवाद छैन, अदालत बारे छिट्टै धारणा सार्वजनिक गर्छौ : प्रचण्ड

काठमाण्डौं १३, कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनका नेताहरु अलग अलग कामतिर व्यवस्त भएका कारण यसबारेमा छलफल हुन र धारणा सार्वजनिक हुन ढिलाइ भइरहेको बताउनुभयो ।

आज जनकपुरमा विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उहाँले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरूले दृष्टिकोण बाहिर ल्याउने उहाँको भनाइ छ । अध्यक्ष प्रचण्डले गठबन्धन दलभित्र कुनै विवाद नरहेको दाबी समेत गर्नुभयो । गठबन्धन सहि तवरले अगाडी बढिरहेको प्रचण्डको भनाइ रहेको थियो ।

अध्यक्ष प्रचण्डले अर्लि इलेक्सनको भने संभावना नरहेको बताउनुभयो । संवैधानिक व्यवस्था र सर्वोच अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उहाँको तर्क थियो । अध्यक्ष प्रचण्डले राष्ट्रिय सभाको निर्वाचनमा सत्तारूढ गठबन्धनले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology