गोरखा ६, कात्तिक । नेकपा एमाले गोरखाले जिल्लाको अधिकांस वडामा शनिबार वडा अधिबेशन गरेको छ । दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रिय तालिका अनुसार नै आज गोरखा जिल्लामा बाँकी रहेको वडाहरुको अघिबेशन भएको हो । चुमन्रबी गाउँपालिका बाहेका सवै वडाहरुमा वडा अधिबेशन सम्पन्न भएको नेतृ सम्झना देवकोटाले बताउनुभयो । भौगोलिक अबस्थाका कारण चुमनुब्री गाउँपालिकाका वडाहरुको जानकारी प्रात्त हुन बाँकी रहेको उहाँको भनाई छ ।
त्यस बाहेकका १० वटा वडाहरुमा यस अघि नै अधिबेशन सम्पन्न भएको नेतृ देवकोटाको भनाई छ । जिल्ला भित्रका वडाहरुमा वडा अधिबेशन सम्पन्न गर्नका लागि गोरखा नगरपालिकामा नेतृ सम्झना देवकोटाको नेतत्ृवमा नेताहरुको टिम परिचालन गरिएको थियो । पालुङटार नगरपालिका भित्रका वडाहरुको अधिबेशनका नेता बाबुराम थापा र हरी काफ्ले नेतृत्वको टिम परिचालन गरिएको थियो ।
आरुघाट गाउँपालिका र धार्चे गाउँपालिका पार्टीका जिल्ला सचिव कृष्ण नेपाली संयोजकत्वमा रहेको टोलीले वडा स्तरीय अधिबेशन सम्पन्न गरेको छ भने भीमसेन थापा गाउँपालिकामा सुरेन्द्र थापाको नेतृत्वमा, गण्डकी गाउँपालिकामा गोपाल पाण्डेको नेतृत्वमा वडाहरुको अधिबेशन सम्पन्न गरेको हो । त्यस्तै अजिरकोट गाउँपालिकामा कमल दानी र बारपाकसुलिकोट गाउँपालिकामा प्रेम गुरुङ नेतृत्वमा वडा स्तरीय अधिबेशन गरिएको नेतृ देवकोटाले जानकारी दिनुभयो ।
त्यस्तै सहिद लखन गाउँपालिकामा कृष्ण देवकोटा नेतृत्वको नेताहरुको टोली परिचालन गरिएको हो । अधिबेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दशै भरी एक पटक उद्घाटन गर्नुभएको थियो । विधान महाधिवेशन सम्पन्न भएको तीन सातापछि एमालेले आज एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशनको उद्घाटन गरेको हो । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयोे ।
एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ ।
एमालेको स्थायी कमिटीको हिजोको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।