गोरखा २५, असोज । गोरखा जिल्ला भित्र ९७.२ मानिस साक्षर रहेका पाइएको छ । प्रदेश सरकारले आइतबार गण्डकी प्रदेशसलाई साक्षर घोषणा गर्ने क्रममा यहाँका ११ जिल्ला जिल्लाको तथ्याङक सार्वजनिक गर्ने क्रममा गोरखाको साक्षरताको अबस्था पनि सार्वजनिक गरेको हो ।
पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने नीतिअनुसार आइतबार गण्डकी प्रदेशलाई नै साक्षर घोषणा गरेको हो । गण्डकी प्रदेशको औसत साक्षर प्रतिशत ९६ दशमलव ५७ प्रतिशत जनाइएको छ । शिक्षा तथा मानव विकास केन्द्रको तथ्याङ्कअनुसार गण्डकी प्रदेशको नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् ।
सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्याङ्क छ । मुस्ताङ ९६ दशमलव ३५, स्याङ्जा ९६ दशमलव १६, कास्की ९६, तनहुँ ९६ दशमलव चार, बाग्लुङ ९६ दशमलव ५७, मनाङ ९६ दशमलव नौ, गोरखा ९७ दशमलव दुई, म्याग्दी ९६ दशमलव २७ र पर्वत ९६ दशमलव ९३ प्रतिशत नागरिक साक्षर भइसकेको मन्त्रालयले जनाएको छ ।