काठमाण्डौं १९, असोज । नेपाल टेलिकमले सस्तो डोटा तथा भ्वाइस कलको अफर ल्याएको छ । आफ्ना फोरजी प्रयोगकर्ताका लागि टेलिकमले नयाँ अफर सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको नयाँ संस्तो अफरमा १२५ रुपैयाँमा ४ जीबी डेटा र १०० मिनेट भ्वाइस कल भएको प्याकेज रहेको जनाएको छ ।
कम्पनीका अनुसार यो अफरमा प्राप्त हुने चार जीबी डेटा मध्ये एक जीबी अलनेट (टुजी, थ्रीजी र फोरजी) डेटाको रुपमा प्रयोग गर्न सकिनेछ भने बोनसको रुपमा प्राप्त हुने तीन जीबी डेटा भने फोरजीमा मात्रै प्रयोग हुनेछ । कम्पनीका प्रयोगकर्ताले मोबाइलमा १४१५ डायल गरेर तथा कम्पनीको एनटी एप प्रयोग गरेर यो प्याक लिन सक्नेछन् ।
एकसाथ डेटा, बोनस र भ्वाइस कल समावेश गरेको यो प्याकेजलाई ‘थ्री इन वान’ अर्थात ‘एउटैमा तीन’ नाम दिएको छ । जसको मान्य अवधि पाँच दिन रहेको छ । साथै कम्पनीले दशैं अघि आकर्षक चाडबाड अफर ल्याउने जनाउ समेत यसअघि नै दिइसकेको छ ।