गोरखा १८, असोज । नेपाली काग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । आजदेखि सुरु भएको पार्टीको १४ औं महाधिबेशन अन्र्तगतको जिल्ला अधिबेशनमा सभापति पदका लागि न्यौपानेको मात्र उमेद्ध्वारी परेपछि उहाँ सर्वसम्मत चयन हुनुभएको निर्वाचन मण्डलले जनाएको छ ।
यसअघि जिल्ला सचिव समेत रहनु भएका न्यौपानेलाई जिल्लाका ११ वटै स्थानीय तहका गाउँपाटी सभापतिको समेत समर्थन रहेको छ । सवै स्थानीय तहका पार्टी सभापतिहरुले संयुक्त हस्ताक्षर गरि सभापति पदमा न्यौपानेलाई आफुहरुको समर्थन रहेको उल्लेख गरेका छन
।