Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

प्रजातन्त्र दिवसमा शहिदलखन गाउँपालिकाले ग¥यो सरसफाई र शुभकामना आदानप्रदान


4.4K
Shares

प्रजातन्त्र दिवसमा शहिदलखन गाउँपालिकाले ग¥यो सरसफाई र शुभकामना आदानप्रदान

गोरखा ८, फागनु ।  गोरखाको सहिद लखन गाउपालिकाले ७० औ प्रजातन्त्र दिवसको अवसरमा सरसफाई तथा शुभकामना आदान प्रदान कार्यक्रम बुधबार सम्पन्न गरेको छ । एकसय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

सोही अवसरमा गाउँपालिकाले आफ्नो कार्यालय परिसर वरपर सरसफाइ गर्नुका साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै शहिद लखन गाउँपालीकाका अध्यक्ष रमेश थापा मगरले शहिदले देखाएको बाटो पछ्याउदै त्याग र तपस्याको भावमा राष्ट्र बिकासको लागी अघि बढ्नुपर्ने बताउनुभयो ।

“सुखि नेपाली समृद्ध नेपालको अभियानमा लामबद्ध भएर बिकास निर्माण गर्न सक्यो भने फेरि अर्को आन्दोलन, फेरि अर्को संघर्ष, फेरि नेपाली जनताले बलिदानको बाटो रोज्नु पर्ने छैन”, उहाँले भन्नुभयो “तर हामीले शहिदले देखाएको बाटो भुलेर जनताको इच्छा चाहाना पन्छाएर अगाडी बढ्न खोज्यो भने बिद्रोहको आधिँ मच्चिन सक्छ ।” शान्ति प्रक्रिया चुनौति पुर्ण प्रक्रिया रहेको भन्दै शान्ति प्रक्रियामा समाज र राज्यको समेत दायित्व हुने अध्यक्ष थापाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै शहिद लखन गाउँपालीका उपाध्यक्ष इन्दिरा तिवारीले हिजोको निरंकुश शासनको अन्त्यका लागी शहिदले दिएको बलिदानले नै परिर्वतन सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रशासकिय प्रमुख जिवन आले मगरले देशमा प्रजातन्त्र ल्याउनका लागी शहिदले ज्यानको आहुति दिए जस्तै नेपाल,नेपाली, जनहितको बिकासको लागी आफुहरुले योगदान दिने प्रेरणा प्रजातन्त्र दिवसले दिएको बताउनुभयो ।

कार्यक्रममा शहिद लखन गाउँपालीकाका ५ का वडा अध्यक्ष दिलिप नारायण थापा, न्यायिक समितीका सदस्य इश्वर दुवाडी, देवराज खनाल वडा सदस्यहरु लिना थापा मगर, सिता परियार, कार्यलयका कर्मचारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम गाउँपालीका अध्यक्ष रमेश थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology