Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अखिल नेपाल महिलासंघ (क्रान्तिकारी)ले पालुङटार नगरपालिकासंग राख्यो १० बुदेँ माग


2.8K
Shares

अखिल नेपाल महिलासंघ (क्रान्तिकारी)ले पालुङटार नगरपालिकासंग राख्यो १० बुदेँ माग

गोरखा ४ असोज । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पालुङटार नगर समितिले बिभिन्न १० बुदेँ माग राख्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ । महिला संघ क्रान्तिकारीले स्वास्थ्य संस्था र शिक्षणसस्थाको हाता वरपर निश्चित दुरीसम्म धुम्रपान मद्यपान तथा जुवातास निषेधित क्षेत्र घोषणा गर्नुपर्ने, माध्यामिक तहसम्म किशोरी मैत्री बातावरण बनाउन, किशोरीलाई आरामकक्ष, शौचालयको व्यवस्था तथा सेनेटरी प्याडको सहज उपलब्धता गराउन माग गरेको छ ।

त्यस्तै नगरपालिकालाई बुझाइएको ज्ञापन पत्रमा नगरपालिका भित्र रहेका बिधालयहरुमा एक जना स्टाफ नर्सको व्यवस्था गर्न, आमाको नामबाट नागरिकता प्राप्त गर्ने सहज बाताबरण सिर्जना गर्न, छोरा सरह छोरीलाई पनि पैत्रिक अधिकारको व्यवस्था लागू गर्न, छोरीका लागि जन्मेपछि खाताको व्यवस्था तथा माध्यामिक तहसम्म निशुल्क शिक्षाको व्यवस्था लागू गर्न माग गरिएको छ ।

महिला संघ क्रान्तिकारीले नगरपालिकाले लैङगिक उत्तरीदायी बजेट १० प्रतिसत व्यवस्था गरि जनचेतना, तालिम, सिपसिकाई, आदीमा प्रयोग गर्नुपर्ने, नगरपालिकालाई महिला हिंसामुत्त पालिका घोषणा गर्नुपर्ने, नगरपालिका भित्रका सवै गर्भवती महिलाहरुलाई अस्पतालमै सुत्केरी गराउने व्यवस्था गर्नुपर्ने, नगरपालिकाभित्र आपतकालिन सुरक्षीत गृहको स्थापन गर्नुपर्ने तथा हिसां पिडित महिलालाई नगरपालिका स्थित न्यायिक समितिबाट तत्काल न्याय दिने व्यवस्था मिलाउनुपर्ने माग पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology