गोरखा ८, फागनु । गोरखा नगरपालिका गोरखाका प्रमुख राजनराज पन्तले बेलायत स्थित रश्मोर बरो काउन्सिलसँग नगरपालिकाले जोडेको भगिनी सम्बन्धले नगरपालिकाको बिकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ ।
बिहिबार आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख पन्तले रश्मोर बरो काउन्सिल गर्न जोडिएको भगिनी सम्बन्धले नगरपालिकाको सांस्कृतिक शैक्षिक, स्वास्थ, पर्यटकिय क्षेत्रको बिकासका लागि टेवा पुग्ने बताउनु भएको हो ।
‘गोरखा नगरपालिकाको भौतिक बिकासका लागि समेत काउन्सिलसगंको सम्बन्धले प्राबिधिक सहयोगका लागि दुवै नगरपालिका बिच सहकार्य गरेर काम गर्ने गरि सम्झौता भएको छ, उहाँले भन्नुभयो, यसबाट हामीलाई राम्रो फाइदा पुग्छ ।’
नगरप्रमुख पन्तले बिकासका हिसावले गोरखा नगरपालिका भन्दा घेरै अगाडी रहेको रश्मोर बरो काउन्सिलबाट आफुहरुले सिक्नुपर्ने धेरै कुरा रहेको भन्दै आगामी दिन थप सहकार्यका लागि दुवैले प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।
भ्रमणका क्रममा आवास निर्माण काउन्सिलले सहयोगमा आबास निमार्ण सम्बन्ध त्यहाँका भईरहेको योजनाहरुको बारेमा आफुहरुलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
भ्रमणमा क्रममा त्यहाँ रहेका गोरखालीहरुले गोरखाकामा हुन लागेको मोटरसाईकल ¥यालीका लागि रु १ लाख रुपैया र गोरखा नगरपालिका–८ मा निर्माण हुन लागेको घासे मैदानका लागि रु १ लाख सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको मेयर पन्तले जानकारी दिनुभयो ।