गोरखा १९, भदौं । गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री माननीय हरि शरण आचार्य लगाएतले टोलीले गोरखाको बिभिन्न स्थानमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेत, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्मा सहितको टोली लिएर गोरखा नगरपालिका वडा नम्बर १ र २ मा पर्ने कोखे आहाले, श्यामबजार लगायतका क्षेत्रमा जनभेटघाट सहित पहिरो प्रभावित स्थलको निरीक्षण गर्नुभएको हो ।
त्यस्तै मन्त्रि आर्चायले जिल्लाको भीमसेन थापा गाउँपालिको बगुवामा पार्टीका अगुवा नेता कार्यकर्ताहरु संग छलफल तथा परामर्स गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले राजनीतिक पहुँचमा भन्दा पनि सामाजिक एकता गरेर सामाजिक बिकासमा एकताबद्ध हुन अपिल गर्नुभयो। योजनाबद्ध भई एकताबद्ध बिकासमा सहयोग गर्न सामाजिक एकता कायम गरि बिकासको प्राथमिकताका आधारमा बिकास योजना माग गर्न सम्पूर्ण जनसमूदायहरुलाई अनुरोध गर्नुभयो।हामी राजनैतिक पार्टी मात्र हुनुभन्दा पनि सचेत नागरिक हुनु पर्ने कुरामा मन्त्रि आर्चायले जोड गर्नुभयो।
उहाँले समय र परिस्थिति अनुसार सबै राजनैतिक पार्टी परिवर्तित हुनु जरुरी रहेको भन्दै पुरानो आदर्शलाई शिरोधार्य गरि समय अनुकुल परिवर्तन हुन सक्नु पर्ने बताउनुभयो । मन्त्रि आर्चायले सहिदहरुको प्रेरणाका कारण देश यो स्थानसम्म आइपुगेको बताउनुहुदै सहिदहरु प्रति उच्च सम्मान व्यक्त गर्नुभयो। उहाँले बगुवामा भएको कार्यक्रममा बिभिन्न वडाका प्रतिनिधहरुद्वारा योजनाको माग साथै आफ्ना तत्कालका समस्याबारे ध्यानाकर्षण समेत गराउनु भएको थियो।