गोरखा १५, भदौ । गोरखाबाट वाइसिएलको केन्द्रिय समितीमा गोरखाका ५ जना चयन भएका छन् ।
गोरखाबाट वाइसिएलका गोरखा इन्चार्ज समेत रहेका सुदिप नगरकाेटी, जिल्ला सदस्यद्धय लक्ष्मी रम्तेल, गुणराज खनाल, धिरज उपरकोटी र प्रेम श्रेष्ठ केन्द्रिय सदस्यमा केन्द्रिय सदस्यमा चयन भएका हुन ।
नगरकाेटी र रम्तेल यसअघि समेत केन्द्रिय सदस्य रहेका थिए भने खनाल पहिलाे पटक केन्द्रिय सदस्यमा चयन भएका हुन् ।