गोरखा ८, फागुन गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा एकहप्तादेखि बेपत्ता भएका एक बृद्ध मृत अबस्थामा फेला परेका छन् । स्थानिय ७५ बर्षका नन्दलाल गुरुङ कृमा खोलामा मृत अबस्थामा फेला परेको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
यहि फागनु १ गतेदेखि वेपत्ता भएका गुरुङको खोजी गर्दै जाँदा बुधबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गुरुङको मानसिक अवस्था समेत ठिक नभएको पारिवारले बताएको छ । गुरुङको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।