Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा घुम्न आएका जनप्रतिनिधिका सामान चोरी : एक युवक पक्राउ


2.5K
Shares

गोरखा घुम्न आएका जनप्रतिनिधिका सामान चोरी : एक युवक पक्राउ

गोरखा ७, फागुन
पर्यटक बोकेको बसबाट सामान चोरी गरेको अभियोगमा प्रहरीले बुधबार एक युवकलाई पक्राउ गरेको छ । नेपाल भ्रमणबर्ष २०२० को अबसरमा नेपालगञ्जबाट बिभिन्न जिल्ला हुदै गोरखा घुम्न आइपुगेका नेपालगञ्ज स्थानीय तहका प्रमुखहरु चढेको गाडीबाट सामान चोरी गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–९ का १९ बर्षिय बिनोद श्रीमललाई पक्राउ गरेको हो ।

पक्राउ परेका श्रीमलले ना २ ख १०८३ नम्बरको डिलक्स बसबाट ब्लाङकेट थान १, गाडीको साउण्ड बक्स थान २, बसमा अगाडि राखेको मुर्ती थान १, ज्याकेट थान १, कपडा भएको झोला थान ३, चोरी गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उनलाई चोरी गरि लगेका सामान सहित पक्राउ गरिएको एसपी अधिकारीले बताउनुभयो । उक्त टोली नेपालगञ्जबाट चितवन, बन्दिपुर, पाल्पा, लुम्बिनी लगायत हुदै आज गोरखा जिल्ला आईपुगेका थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology