काठमाडौँ ७ भदौ । मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको आइपिओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि साउन २७ गतेदेखि ३१ गतेसम्म जारी गरेको आइपिओ सोमबार (आज) बाँडफाँड गरेको हो । संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए ।
उक्त आवेदनमध्येमा सात हजार ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका २३ लाख ५४ हजार ७८४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको हो ।गोलाप्रथाबाट ३६ हजार ८५९ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने तीन जनाले ११ कित्ता सेयर पाएका बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्टले जनाएको छ ।
आवेदन दिएकामध्ये २३ लाख २४ हजार बढी आवेदकको हात खाली भएको छ ।आइपिओको नतिजा मेरा सेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।