बिबिसि । जर्मनीको हानाउ नगरमा भएका गोलीकाण्डमा कैयौँ व्यक्तिको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अज्ञात आक्रमणकारीले गोली चलाउँदा आठजना मारिएको र पाँचजना घाइते भएको विवरण आएका छन्।
हानाउ नगरको मध्य भागमा रहेको एउटा शीशा बारमा पहिलो आक्रमणको घटना भएको बताइएको छ।
हानाउकै केसेल्सटाटस्थित अर्को शीशा बारमा दोस्रो गोलीकाण्ड भएको समाचारहरूमा जनाइएको छ।
घटनापछि सन्दिग्धहरू फरार भएको अधिकारीहरूलाई उद्धृत गर्दै बिल्ड पत्रिकाले लेखेको छ।
अधिकारीहरूका अनुसार आक्रमणको कारण खुल्न सकेको छैन।
हानाउ नगर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ।