Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मौलिक शब्द सृजनाले भरिएको तीजको नयाँ प्रस्तुती ‘पुतली फुइ फुइ’ (भिडियो सहित)


27.3K
Shares

मौलिक शब्द सृजनाले भरिएको तीजको नयाँ प्रस्तुती ‘पुतली फुइ फुइ’ (भिडियो सहित)

गोरखा, १ भदौं । लोकप्रिय कलाकार बिष्णु खतिवडा र बिषम अर्यालले तीजको गीत ‘पुतली फुइ फुइ ’ बजारमा ल्याएका छन् । मौलिक शब्द सृजनाले भरिएको गीतमा गायक बिष्णु खतिवडा, बिषम अर्याल र गायिका मेनुका परियारको स्वर रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन चर्चित गायक समेत रहनुभएका निर्देशक दिप सागरले गर्नुभएको छ ।

त्यस्तै म्युजिक भिडियोमा कलाकारहरु मेनुका परियार, दिलिप राई, बिजय सिंह र रिया पन्त लगायतका कलाहरुको अभिनय रहेको छ। उक्त गीतलाई गजब अनलाइन टिभीले मार्फत बजार ल्याइएको हो ।

गीतको ग्रुप भोकलमा मीरा भुजेल, सुमन श्रेष्ठ र प्रमिला तामाङले साथ दिनुभएको छ । गीतको शब्द सृजना बिष्णु खतिवडा र बिषम अर्यालको नै रहेको छ भने लय सृजना बिष्णु खतिवडाले गर्नुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology