Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तालिबानहरुद्धारा सर्वसाधारणसंग भएका हतियार खोस्न सुरु


3.6K
Shares

तालिबानहरुद्धारा सर्वसाधारणसंग भएका हतियार खोस्न सुरु

काठमाण्डौ ३२, साउन । तालिबान लडाकुहरुलेले अफगानिस्तानका आम नागरिकसँग भएको हतियार खोस्न थालेको छ । तालिबानका एक अधिकारीले आफ्ना लडाकूले काबुलमा आम नागरिकसँग उनीहरुको हतियार फिर्ता लिइरहेको बताएका छन् ।

नागरिकहरुको अब सुरक्षाको लागि हतियारको आवश्यकता नभएको भन्दै तालिबानले उक्त हतियार फिर्ता लिन सुरु गरेको बताएका बताइएको छ । टोलो न्युजले ट्वीटमा भनेको छ, ‘तालिबान काबुलस्थित टोलो न्युजको कार्यालयमा आएका थिए, हाम्रा सुरक्षाकर्मीको हतियारको बारेमा सोधपुछ गरे ।

जुन हतियार सरकारले दिएको थियो, त्यो फिर्ता लगे र हाम्रो कार्यालयलाई सुरक्षित राख्छौं भनेर गए ।’ च्यानलको माउ कम्पनी मोबीका निर्देशक साद मोहसेनीले ट्वीटरमा आफ्नो च्यानलका सबै कर्मचारी सकुशल रहेको र च्यानलको प्रसारण विना कुनै अवरोध जारी रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology