Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अफगानिस्तानमा रहेका नेपालीको सुरक्षाको व्यवस्था गर्न सरकारलाई निर्देशन


2.2K
Shares

अफगानिस्तानमा रहेका नेपालीको सुरक्षाको व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाण्डौं ३२, साउन । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उहाँले नेपालीहरु सुरक्षित रहने वातावरण बनाउन र यथाशीघ्र ल्याउने व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्न माग गरेको थियो । एमाले सांसद गोकुल बास्कोटाले २० वर्षपछि इतिहास दोहोरिएको र दुनियाँसँगै त्यहाँ नागरिकहरु त्रसित रहेको बताउनुभयो ।

सरकार गैरजिम्मेवार भएको भन्दै उहाँले त्यहाँ रहेका नागरिकहरुको रक्षा हुनुपर्ने र फिर्ताको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology