Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

संसदको जारी अधिवेशन आज राती १२ बजेपछि अन्त्य


2.7K
Shares

संसदको जारी अधिवेशन आज राती १२ बजेपछि अन्त्य

काठमाण्डौं ३२, साउन ।  संसदको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको हो । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाउनुभयो । चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुनेछ ।

सर्वोच्च अदालतले २८ असारमा पुर्नस्थापना गरेको संसदको पहिलो बैठक ३ साउनमा बसेको थियो । त्यही दिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पनि लिनुभएको थियो । त्यसपछि पनि प्रतिनिधिसभाको बैठक नियमित रुपमा हुँदै आए पनि विधेयक अगाडि बढेको छैन ।

विघटन बदर भएपछि पहिलो पटक साउन ३ गते बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले बजेटलगायतका अध्यादेश पेश गरेको थियो । तर, ती अध्यादेशमाथि पनि छलफल हुन नपाउँदै संसद अन्त्य भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology