Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

एमालेद्धारा ठूला योजनामा बजेट कटौती गरेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण


5.6K
Shares

एमालेद्धारा ठूला योजनामा बजेट कटौती गरेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण

पोखरा ३१, साउन । नेकपा एमालेले, गण्डकी प्रदेश सरकारले ठूला योजनामा बजेट कटौती गरेर खुद्रा योजनामा वितरण गरेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

आर्थिक वर्ष २०७८ /७९ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशलाई समृद्ध बनाउने योजनाहरुमा बजेट कटौती गरेको भन्दै एमालेको गण्डकी प्रदेश संसदीय दलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

टेन्डर भइसकेका योजनाहरुमा समेत बजेट नराख्नु भनेको पूर्वाग्राही हुनु भएको ध्यानाकर्षण पत्रमा लेखिएको छ । काँग्रेस नेतृत्वको सरकार समृद्ध गण्डकी प्रदेश र सुखी प्रदेशवासी सपनाको कट्टर बिरोधी देखिएको एमालेको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology