Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

चौविस घण्टामा २६ सय २४ जनामा कोरोना संक्रमण


1.9K
Shares

चौविस घण्टामा २६ सय २४ जनामा कोरोना संक्रमण

काठमाण्डौं ३०, साउन । पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने १,३२० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ ।

जस मध्ये ६ लाख ८० हजार ८१५ जना सङ्क्रमणमुक्त भएका छन् भने १० हजार २५९ जनाको मृत्यु भएको छ । देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ३९ हजार ४०५ जना रहेको छ । जसमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा र ३४०३ जना संस्थागत आइसोलेसनमा छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये ७६० जना सघन उपचार कक्षमा र तीमध्ये १८६ जना भेन्टिलेटरको सहायताले उपचार गराइरहेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९५ जना सङ्क्रमित भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology