गोरखा २८, साउन । गोरखा शहिद लखन गाउँपालिकामा नेकपा एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गाउँपालिकाको वडा नम्बर २ का आयोजित वडापार्टी कमिटि पुर्नगठन कार्यक्रमको अबसरमा बेतिनीका एमाले स्थानीय नेता कार्यकताले एमाले परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेका हुन् ।
एमालेका स्थानीय नेता तथा समाजसेवी लिलबहादुर रानाको उहाँहरु माओबादी केन्द्रमा प्रवेश गर्नुभएको माओबादी केन्द्रले जनाएको छ । राना त्यस क्षेत्रमा एमालेका दह्रिला खम्बा रुपमा चिनिनु हुन्थ्यो ।
नेता राना सहितको समुहलाई नेकपा माओबादी केन्द्र अध्यक्ष धुर्व खनाल, इन्जार्ज रमेशबाबु थापामगर तथा सहइन्चार्ज कृष्णबाबु श्रेष्ठले लगायतले पार्टीमा स्वागत गर्नुभएको हो । माओबादी केन्द्रले वडा नम्बर २ मा बुधबार शिबजी थापाको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी पनि पुनर्गठन गरेको छ ।

