गोरखा २७, साउन । नेपाल इन्जिनियर संगठन गण्डकी प्रदेश समितिले प्रदेश भित्रका ११ वटै जिल्लामा कार्यरत इन्जिनियर, अर्किटेक तथा भ्यालुयर्सहरुलाई कोरोना भाइरस कोभिड १९ बिरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ । समितिका अध्यक्ष ई. बिकास वाग्लेको नेतृत्वको टोलीले सोमबार गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङलाई ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो ।
ज्ञापन पत्रमा बिश्वभर फैलिएको कोरोना माहामारीबाट आम नेपाल जनता संक्रमित भइरहेको र हजारौले ज्यान गुमाउनु परेका बेला बिकास निर्माणको कार्यमा अग्रपंक्तिमा खटिने इन्जिनियरिङ समुदाय समेत त्यसबाट अछुतो रहेको भन्दै अनबरत रुपमा खटिने आर्किटेक, इन्जिनियर तथा भ्यालुयर्सहरु गुमाउनु पर्दा समिति मर्माहत भएको उल्लेख गरिएको छ ।
समितिले जोखिमपूर्ण ढंगबाट निरन्तर अग्रमोर्चामा रहेर बिकास निर्माणको काममा जुटिरहेका इन्जिनियरहरुलाई तत्काल प्राथामिकताको सूचनामा राखेर खोपको व्यवस्था गर्न मन्त्रि अधिकारी मार्फत प्रदेश सरकारसंग माग गरेको हो । इन्जिनियरहरुलाई खोपको प्राथामिकतमा राख्न माग गर्दै समितिले प्रदेशभित्रका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई समेत ज्ञापन पत्र बुझाउदै आएको छ ।