Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

जसपाबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेकाहरु धमाधम राजीनामा दिँदै


4.6K
Shares

जसपाबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेकाहरु धमाधम राजीनामा दिँदै

काठमाण्डौं २७, साउन ।  जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् ।

मन्त्री कल्पना पाण्डे अस्पतालमै रहेकाले उहाँका पति नवराज लम्सालले राजीनामाबारे छलफल भइरहेको र आजै राजीनामा दिने तयारी भएको बताउनुभएको छ । यसअघि हिजो राति भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिनुभएको छ ।

जसपाबाट मन्त्री बनेका तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक–पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ । भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले भने एक महीनाअघि नै राजीनामा दिएर पार्टीमा फर्किसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology