Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या :आकस्मिक अस्पताल भर्ना


3.1K
Shares

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या :आकस्मिक अस्पताल भर्ना

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी ओली स्वास्थ्यमा समस्या आएपछि मंगलबार साँझ अस्पताल भर्ना हुनुभएको छ । उहाँ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको अहिले सेन्टरको क्याथ ल्याबमा स्वास्थ्य परीक्षण भइरहेको छ। यसअघि ओली डायलासिसका लागि मनमोहन सेन्टरमा नियमित जाने गर्नुभएको थियो ।

सेन्टरका एक चिकित्सिकले यस पटक प्रधानमन्त्री ओली डायलासिस नभएर अन्य उपचारका लागि भर्ना भएको जानकारी दिनुभयो।  प्रधानमन्त्री ओली मिर्गौलाको खराबीका कारण केही समय यता नियमित डायलासिस गराउँदै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology